काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । आज (बिहीबार) अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै २१ जना केन्द्रीय सदस्य थप गरेको हो ।

केन्द्रीय सदस्यमा अजबहादुर मल्ल (बाजुरा), ओमचरण अमात्य (भक्ततपुर), गौतम राई (काठमाडौँ), गोविन्द चेपाङ (मकवानपुर), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा), दिपक केसी, (काठमाडौँ), धनबहादुर कार्की (दोलखा) र धर्म शाही (मुगु) मनोनित भएका छन् ।
त्यस्तै नन्द बञ्जाडे (काठमाडौं), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्बत), भक्तिमान सुब्बा (पाँचथर), मिना लामा (मकवानपुर), रामप्रसाद ढुङाना (काठमाडौँ), लंक हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासी पूर्व), शिवकुमारी खनाल (काठमाडौँ), शैलेन्द्र उपाध्याय (रूपन्देही) र सुदेश पराजुली (काठमाडौँ) केन्दीय सदस्यमा मनोनित भएको आपनीमा उल्लेख छ ।














