Logo
Logo

प्रहरीद्वारा गायिका आस्था राउतको भिडियो सार्वजनिक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ पुस ।
विमानस्थलमा प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएपछि गायिका आस्था राउत चर्चामा छिन् । बिहीबार उनले प्रहरीको चर्काे आलोचना गरेर भिडियो सार्वजनिक गरेकी थिइन् ।
प्रहरीले पनि राउतलाई काउन्टर दिदै उनको भिडियो सार्वजनिक गरेको छ । जसमा उनले महिला प्रहरीसँग झगडा गरेको देखिन्छ । झगडा कफिको गिलासबाट सुरु हुन्छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(आन्तरिक) मा एक्सरे चेकिङको क्रममा उनी कफि पिइरहेकी हुन्छिन् । चेकिङको क्रममा महिला प्रहरीले कफि राखेर आउन आग्रह गर्दा उनी रिसाउँछिन् । त्यसपछि महिला प्रहरीले लिएर कफि राख्छिन् र बडी चेक गर्छिन् ।

चेक गरेपछि उनी रिसाउँदै आफ्नो ब्याग लिएर निस्कन खोज्छिन् महिला प्रहरीले कफि दिन खोज्दा उनी लिन मान्दिनन् । दुईबीच त्यहाँ विवाद भएको देखिन्छ । सिसिटिभीले खिचेको त्यही भिडियो महानगरीय प्रहरी कार्यालयले मिडियामार्फत सार्वजनिक गरेको हो । प्रहरीले नै यसरी भिडियो सार्वजनिक गरेपछि गोपनियताको हकमाथि समेत प्रश्न उठेको छ ।

भिडियोमा प्रहरी र गायिका राउत दुवैको कमजोरी देखिन्छ । चेकजाँचमा राउतले असहयोग गरेको देखिन्छ, प्रहरी जवानले पनि तँ भनेर हेपेकी छिन् । कलाकारलाई तँ भनेर हेपेपछि स्वभाविक रुपमा उनलाई रिस उठ्ने नै भयो । तर, प्रहरीले आफ्नो कमजोरीलाई लुकाएर गायिका राउतलाई नै दोषी प्रमाणित गर्न भिडियो सार्वजनिक गरेको छ ।

आफुलाई दुव्र्यवहार भएको भनेर बोल्दा आफुमाथि अनाबश्यक गाली गर्ने काम भएको भन्दै राउतले फेसबुकमा अर्काे भिडियो सार्वजनिक गरेकी छिन् । आफुमाथि दुव्र्यवहार भएको उनले दोहो¥याएकी छिन् ।

यो प्रकरणमा गायिका र प्रहरी दुवैको गल्ती देखिन्छ । तर, एकले अर्कालाई दोषी प्रमाणित गर्न खोजेका छन् । प्रहरी समेत आफैैं विवाद चर्काउन उद्दत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्