
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धीको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन् ।
साथै, सभामुख घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्योहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम सदनमा जानकारी गराउने छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको सोमबार राति निधन भएपछि इलामको निर्वाचन क्षेत्र–१ रिक्त भएको छ ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८० लाई दफाबार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।















