Logo
Logo

समय



नरोकिने समय
टक्क रोकिएको घडी
त्यो समय हेरेर
विकासको निकास
खोज्नेहरूको हताश
त्यो भन्दा हताश
तत्काल मेवा खान नपाएकाहरूको
जो सदन अवरुद्ध गरेर आक्रोश पोखिरहेका छन्
त्यो भन्दा हताश तिनीहरूको
जो शक्तिरुपी भोग गर्न
प्रत्येक दिनको लागि बाँचिरहेका छन्
नाङ्गो बादशाह बनेर
मुलुक लुटिरहेछन्, लुटाइरहेकाछन–
यो अन्धेर कहिलेसम्म चल्ने?
सायद त्यति बेलासम्म
जबसम्म यो धन्दा चल्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्