Logo
Logo

डाक्टर कुट्ने दुई जनाविरुद्ध उजुरी दर्ता


4.4k
Shares

काठमाडौं । हेटौंडाको सञ्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने दुई जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

बुधबार अस्पतालभित्रै गएर चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गर्ने अनुप प्रधान र रोहित प्रधानविरुद्ध नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनुपविक्रम कार्कीले किटानी जाहेरी दिएका हुन् ।

उनले कुटपिटमा संलग्न सबैमाथि कारबाहीको माग गर्दै सीसीटीभीमा देखिएका सबैलाई पक्राउ गर्न माग गरेका छन् । गत साउन २५ गते उक्त अस्पतालमा उपचारका लागि पुगेका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएरउनको परीवारका सदस्यले डाक्टरमाथि कुटपिट गरेका थिए ।

डाक्टरलाई कुटेको आरोपमा मृतककै परिवारका सदस्यद्वय अनुप र रोहितविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्