Logo
Logo

अब सिमेन्टमा छुट्टाछुट्टै ग्रेडको मापदण्ड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ माघ । नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि छुट्टै मापदण्ड बनाएको छ । नेपाल गुणस्तर परिषद्को १०२औँ बैठकले ४३ र ५३ ग्रेडको सिमेन्टका लागि नयाँ मापदण्ड स्वीकृत गरेको हो ।
यसअघिसम्म सबै सिमेन्टको मापदण्ड एउटै थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपाल गुणस्तरलाई परिमार्जनसहित स्वीकृत गरेको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ३३ ग्रेडका लागि एउटा र ४३ तथा ५३ ग्रेडका लागि अर्को मापदण्ड स्वीकृत गरेको जानकारी दिए ।
बैठकको निर्णयसँगै अब उद्योगीले सरकारी मापदण्ड पूरा गरेको अवस्थामा ४३ र ५३ ग्रेड लेख्न पाउने भएका छन् । उनका अनुसार सरकारले छुट्टै मापदण्ड बनाएको छ, जुन पूरा गर्ने उद्योगीले ४३ र ५३ ग्रेड लेख्न पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस्