Logo
Logo

दीपक मनाङेद्वारा केन्द्रीय परिषद् सदस्य पद अस्वीकार


5.5k
Shares

पोखरा । गण्डकी प्रदेशसभाका सांसद राजिव गुरुङ (दीपक मनाङे)ले नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् सदस्य पद अस्वीकार गरेका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले आफूसँग सल्लाह नगरी यो निर्णय गरिएको भन्दै तत्काललाई उक्त पदमा नबस्ने जनाएका हुन् ।

उनले जनताबाट निर्वाचित जनप्रतिनिधिहरु संसदीय कामकाजमै व्यस्त रहनुपर्ने भन्दै एकै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो नभएकाले सो पद अस्वीकार गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘मलाई दिइएको जिम्मेवारी स्विकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरुलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुन्छ । युवाहरुलाई अगाडी बढाउने कुरामा मेरो सधैं समर्थन रहन्छ । एक व्यक्ति एक पदको नारा नारामा मात्र सीमित नगरी कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु ।’

मनाङबाट स्वतन्त्र जितेपछि उनी गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्