Logo
Logo

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आज (शनिबार) बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकामा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ। प्रधानमन्त्री प्रचण्ड आजै साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्