Logo
Logo

लक्ष्मी बैंक र एग्रिबिजिनेश इन्नोभेसन सेन्टरबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । लक्ष्मी बैंक लिमिटेड तथा नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात् बैंकिङ च्यानेलमार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइका लागि वित्तीय सहयोग प्रदान गरिने छ ।
कृषि क्षेत्रमा वित्तीय पहुँचलाई लाई सुदृढ बनाउने उद्देश्यसहित लक्ष्मी बैंक तथा इन्नोभेसन सेन्टरबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टर कृषि व्यवसायको लागि सल्लाह तथा परामर्शसम्बन्धी सेवा प्रदान गर्दै आएको संस्था हो । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरका प्रतिनिधिबीच सो सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । यसपछि बैंकिङ च्यानलमार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने छ ।

सम्झौताअन्तर्गत सहयोगका प्रमुख क्षेत्रहरु सूचना तथा अनुभवको आदानप्रदान, नेटवर्कमा पहुँच, संयुक्त रुपमा परियोयनाको विकास लगायत समान उद्देश्यका अन्य क्षेत्रहरु रहेका छन् । लक्ष्मी बैंक नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टरको संस्थागत सदस्य पनि हो ।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले अहिले ४६ जिल्लामा ९६ शाखा, ३ हस्पितल काउन्टर, १०८ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ५१ शाखासहित बैैैंकिङ एजेन्टमार्फत देशभर बैंकिङ सेवा पु¥याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्