Logo
Logo

सभामुखमा प्रचण्ड र ओलीका साझा उम्मेदवार भेटिएनन्


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ ।
उपसभामुख शिवामाया तुम्बाहाम्फे राजिनामा दिन लचिलो भएपनि नेकपका अध्यक्षद्वयले सभामुखका साझा उम्मेदवार भेटाउन सकेका छैनन् । पूर्व माओवादी पक्षकै नेताले सभामुखको दाबी गरेका छन् । जसमा अग्निप्रसाद सापकोटालाई प्रचण्डले अघि सारेका छन् ।


सो नाममा प्रधानमन्त्री समेत रहो अर्का अध्यक्ष केपी ओली सहमत छैनन् । सहमतिका लागि आइतबार पनि दुई नेताबीच बालुवाटारमा छलफल भएको थियो । ओली सकेसम्म पूर्व एमालेबाटै सभामुख बनाउने नत्र आफ्नो रोजाईको पूर्व माओवादी नेताको पक्षमा छन् ।
कृष्णबहादुर महरा बलात्कार मुद्दामा परेपछि रिक्त भएको पदमा सहमति नहुँदा संसद बैठक समेत बस्न सकेको छैन । कानूनहरु समेत अलपत्र परेका छन् । दुई पटक संसदको बैठक पछि सारिएको छ । ६ गतेका लागि बैठक मिति तय गरिएको थियो । जसकारण आज नेकपाभित्र यस विषयमा सहमतिका लागि दौडधुप चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्