Logo
Logo

बढी तौलका एलपी ग्यास बिक्री भइरहेकोमा योगेशले गराए सम्बन्धित निकायको ध्यानाकर्षण


882
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले अनधिकृतरूपले एलपी ग्यास बिक्रीवितरण भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसद भट्टराईले सम्बन्धित मन्त्रालय र आयल निगमसँग अनुमति नलिई केही कम्पनीले बढी तौल (५० देखि ४५० केजीसम्म)का खाना पकाउने ग्यास बिक्रीवितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने भन्दै ध्यानाकर्षण गराएका हुन् ।

खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेको छ । तर, उनले बढी तौलको ग्यास बिक्री भइरहेको भन्दै सो विषयमा सरोकारवाला निकायसँग समितिले छलफल गर्नुपर्ने बताए ।

बढी तौलका ग्यास सिलिण्डरमा गुणस्तर चिन्ह नभएको र १४ दशमलब २ किलोको सिलिण्डरको थिकनेस र ५० देखि ४५० केजीसम्मका ग्यास सिलिण्डरको थिकनेस एउटै रहेको भन्दै उनले यसले ठूलो दुर्घटना निम्त्याउन सक्नेतर्फ सचेत गराए ।

प्रतिक्रिया दिनुहोस्