Logo
Logo

‘नेकपाले सक्षमलाई सभामुख बनाउँछ, भागबन्डामा लाग्दैन’


- दृष्टि न्युज/संवाददाता


बाग्लुङ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन् ।
प्रेस संगठन नेपाल बागलुङ शाखाले आइबतार बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्नेभन्दा सक्षम नेतालाई बनाउने बताउनुपर्ने बताए । उनले भने, ‘नेकपाले सक्षम नेतालाई सभामुख बनाउँछ, भागबन्डामा नेकपा लाग्दैन ।’
यस्तै, उनले पछिल्लो समय चर्चामा रहेको अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुनेगरी नेकपाले एकमतले अनुमोदन गर्ने बताए । ‘एमसिसीको योगदान सकारात्मक हुन्छ, उनले भने, ‘यो राष्ट्रको हितमा रहेको छ । यसलाई कसैले अतिरञ्जित गराउन हुँदैन ।’ उनले पार्टी एकीकरण भइसकेपछि पनि पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा जायज नभएको प्रस्ट पार्दै भने, ‘उपसभामुखको राजीनामा आउनेमा नेकपा ढुक्क छ । अब छिट्टै संसद्को गतिरोधले निकास पाउँछ ।’

प्रतिक्रिया दिनुहोस्