Logo
Logo

आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति


1.3k
Shares

काठमाडौं । चिकित्सक कुटपिट प्रकरणमा सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएको छ ।

हेटौंडास्थित सञ्चो अस्पतालका दुई चिकित्सकमाथि भएको आक्रमणमा संलग्न ४ जना पक्राउ परिसकेको र पूर्जी जारी भएका ५ जनासहित सबैलाई कारबाही गर्ने सहमति भएको हो ।

यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वनयनका लागि प्रतिबद्ध रहने सहमति पनि भएको छ ।

सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति कम गर्ने लगायतका समाधान गर्ने गरी ३ महिनाभित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न प्रक्रिया अगाडि बढाउने लगायतका सहमति भएका छन् । यो सँगै चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्