Logo
Logo

कृष्णहरि पुष्कर दोस्रोपटक अर्थसचिव नियुक्त


1k
Shares

काठमाडौं । सरकारले अर्थसचिव हेरफेर गरेको छ । शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यालय सरुवा गर्दै अर्थ मन्त्रालयको अर्थ सचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

२० वैशाख ०८० मा पोखरेल अर्थ सचिव भएका थिए । पोखरेलले ४ महिनामा मात्रै अर्थ सचिवका रुपमा काम गर्न पाए ।पुष्करलाई दोस्रोपटक अर्थ सचिव पदमा जिम्मेवारी दिइएको हो । उनी यसअघि २६ साउन २०७९मा पनि अर्थसचिव नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्