Logo
Logo

नेकपाले डाक्यो सचिवालय बैठक, सापकोटालाई सभामुख बनाउने तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवार चयन गर्न आज बेलुकी सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार बिहान भएको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।
नेकपाका अध्यक्षद्वयको बैठकले सभामुखबारे छलफल गर्न सचिवालय बैठक बोलाएको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । आजै बस्ने बैठकले सभाुमखको उम्मेदवार तय गर्ने तयारी गरिएको । आइतबार बालुवाटारमा भएको अध्यक्षद्धय ओली र दाहालबीच अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउन सहमत भएको नेकपाका एक नेताले बताए । आजै सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।
यसअघि सभामुखको प्रस्ताव प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गर्ने कि अध्यक्ष दाहालले भन्नेमा विवाद थियो । जसका कारण प्रतिनिधि सभा बैठक समेत बस्न सकेको छैन । सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि राजीनामा दिएका थिए । त्यसयता सभामुखको पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्