Logo
Logo

संविधान दिवसमा एमालेले ‘सेल्फी विथ नेसनल फ्ल्याग’ कार्यक्रम गर्ने


441
Shares

काठमाडौं । नेकपा एमालेले एमालेले यस वर्षको संविधान दिवसको अवसरमा ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम गर्ने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार समाजीक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै जनस्तरमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंको नारायण चौरमा बुधबार बिहान ७ बजे उपस्थितिका लागि आह्वान गरेका छन्।

‘हाम्रो हक संविधानमा लेखिएको दिन असोज ३ को मर्निङ वाक नेसनल वाक गरौं। सेल्फी विथ नेसनल फ्ल्यागका लागि असोज ३ गते नारायणचौर आउनु होला ओलीले भनेका छन्, ‘जनस्तरबाटै भव्यस्ताका साथ मनाऔं।’

अघिल्लो वर्ष एमालेले संविधान दिवसको अवसरमा २०७९ असोज १ गते नै मर्निङ वाक गर्दै आमनिर्वाचनको अभियान सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्