Logo
Logo

सेती अस्पतालको प्रमुखमा डा. कमर नियुक्त


315
Shares

काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रमुखमा डा. शेरबहादुर कमरलाई नियुक्त गरिएको छ ।

डा. हेमराज पाण्डेको महाकाली अस्पतालमा सरुवा भएपछि निमित्त मेसु रहेर काम गर्दै आएका कमरलाई सोमबार सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी प्रदान गरेको हो ।

उनी सेती प्रादेशिक अस्पतालका सबैभन्दा वरिष्ठ चिकित्सक हुन् । सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमको एक मात्र रेफरल अस्पताल हो । पछिल्लो समयमा अस्पतालको सेवा लगालिंग भएको चौतर्फी गुनासो आएपछि मन्त्रालयले डा. कमरलाई प्रमुखको जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्