Logo
Logo

विशेष अभियानमा खटिएका माओवादी सांसदको कार्यक्षेत्र हेरफेर


2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन महिने विशेष अभियानमा खटिएका सांसदको कार्यक्षेत्र हेरफेर गरेको छ ।
माओवादीले भदौ ३० गते सर्कुलर जारी गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरूलाई काठमाडौं उपत्यकामा जिम्मेवारी दिएको हो ।

‘संघीय संसदका माननीय सांसदहरूलाई संसदको बैठक र विषयगत समितिका बैठकहरू प्रभावित नहुने गरी तीन महिने अभियानमा उपत्यकामा जिम्मेवारी दिने निर्णय भएकाले उपत्यकाको संयुक्त कमान्डले कार्यक्षेत्र मिलाउनुहुन निर्देशन गरिन्छ,’ सर्कुलरमा भनिएको छ ।

माओवादी केन्द्रले गत भदौ १७ गतेदेखि जनतासँग माओवादी विशेष रूपान्तरण अभियान चलाइरहेको छ । मंसिरसम्म चल्ने अभियानमा २५ लाख मतदातासित अन्तरक्रिया गर्ने जनाएको छ । त्यस्तै माओवादीले पार्टीको नाम परिवर्तन गर्तेबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने बताएको छ ।

महासचिव गुरुङले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भिर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’

प्रतिक्रिया दिनुहोस्