Logo
Logo

रवि लामिछानेलाई प्रहरीले फसाएको पुष्टि, अदालतबाट पाए सफाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ।

चर्चित सञ्चारकर्मी रवि लामिछानेले आत्महत्या दुरुत्साहन मुद्दामा सफाइ पाएका छन् । चितवन जिल्ला अदालतले सो मुद्दामा आइतबार फैसला गर्दै लामिछानेसहित तीन जनालाई सफाइ दिएको हो ।


जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको दुवै पक्षका कानुन व्यवसायीको बहसपछि सो फैसला भएको हो । जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार दाबी नपुगेकाले तीन जनालाई सफाइ दिने फैसला भएको छ । २० साउनमा नारायणगढको कंगारु होटेलमा नुवाकोट घर भएका सालिकराम पुडासैनी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले उनको साथबाट बरामद गरेको मोबाइलमा आत्महत्यासम्बन्धी बयानको भिडियो फेला पारेको थियो ।

भिडियोमा आफूले आत्महत्या गर्नुको प्रमुख कारण लामिछाने, युवराज कँडेल र अस्मिता कार्की भएको दाबी गरिएको छ । सोही आधारमा प्रहरीले तीन जनामाथि आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको थियो । यसअघि थुनछेक मुद्दामा अदालतले गत ९ भदौमा लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख धरौटी तोकेको थियो भने कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो ।
यही मुद्दाका कारण चितवतका तत्कालिन एसपी दानबहादुर मल्ल विवादमा परेका थिए । एक समूहको दबाबमा लामिछानेलाई प्रमाण बिना नै प्रहरीले मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्