Logo
Logo

कोरियामा अनुसन्धानका लागि रोकिए दीपशिखा


8.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ दक्षिण कोरियामा रोकिएका छन् । वाइसीएल इन्चार्जसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत कोरियन सरकारको भन्सार विभागले आफूसँग डकुमेन्ट मागेकोले कोरियामा रोकिएको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘म गत अगस्ट १० तारिखमा कोरियाको नेपाली जनप्रगतिशिल मञ्चको कार्यक्रममा भाग लिन आउने क्रममा महामहिम राजदूत ज्योति प्याकुरेलले विगत १ वर्षदेखि सेवन गरिरहनुभएको औषधि मगाउनुभएकोले लिएर आएको थिएँ । अन्जानबस डाक्टरको प्रेस्किप्सन म सँग नभएकोले कोरियन सरकारको भन्सारले प्रेस्किप्सन सहित अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदूतावासले मागेका डकुमेन्टहरू बुझाइसकेको छ ।’

भन्सारको भेरिफिकेसन नसकिएकोले कोरियाबाट आफूलाई नेपाल फर्कन नदिएको स्वीकार गर्दै उनले नजरबन्द, गिरफ्तारी भने नगरिएको स्पष्ट्याएका छन् ।

‘भन्सारको भेरिफिकेशन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । तर, नजरबन्द, गिरफ्तारी केहिपनि होईन । नियतवश कुनै कमजोरी नगरेका कारण चाँडै नेपाल फर्कनेमा विश्वस्त छु । आफ्नै देशको बिमार राजदूतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्याईदिन र पीडित मलाई थप पिडा नदिनुहुन नेपाली मिडिया, सामाजिक सञ्जालका साथीहरूमा अपिल गर्दछु,’ उनले भनेका छन् ।

नेपाली राजदूतावासले पनि प्रेस नोट जारी गर्दै भन्सार अधिकारीले आवश्यक कागजपत्र माग गरेकाले उनी रोकिनुपरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्