Logo
Logo

अन्ततः सापकोटा सभामुख बन्ने, ओली भेट्न पुगे बालुवाटार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार अपरान्ह बसेको सचिवालय बैठकमा सापकोटाको नाम सर्बसम्मत अनुमोदन भएको हो । यसअघि अध्यक्ष केपी शर्मा ओलीले उनलाई सभामुख बनाउन मानेका थिएनन् । आइतबार बिहान भएको बैठकमा ओली लचिलो भएपछि सहमति भएको हो ।

नेकपामा सहमति जुट्न नसक्दा ३ पटक प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो । नेकपाका महासचिव विष्णु पौडेलले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको बताए । उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने पनि जानकारी दिए ।

आफ्नो नाम अनुमोदन भएपछि सापकोटा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्