Logo
Logo

उपसभामुखले राजीनामा दिँदै भनिन्, ‘कसैले आफ्नो धरालत बिसर्नु हुँदैन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन् । उपसभामुखबाट राजीनामा दिएपछि तुम्बाहाङ्फेले संवैधानिक ओहदामा रहँदा दलको निर्देशनमा होइन संवैधानिक र कानुनी प्रबन्धअनुसार क्रियाशिल हुनुपर्ने बताइन् । साथै, उनले सभामखका निर्वाचनको मार्ग खोलन राजीनामा दिएको पनि बताइन् ।
सोमबार संसद बैठकमा राजीनामाको घोषणा गर्दै उनले दलबाट सिफारिस वा निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहदामा बसुञ्जेल सम्बन्धित व्यक्ति दलसँगको सम्बन्धबाट अलग हुनुपर्ने बताइन् । उनले भनिन्, ‘ओहदामा रहँदा दलको होइन, संवैधानिक र कानुनी प्रबन्धअनुसार निर्देशित भएर क्रियाशील हुनुपर्छ ।’ उनले आफूले पदमा रहँदा इमान्दारीताका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेको बताइन् ।
उनले राजीनामा पत्रमा लेखेकी छन्, ‘कसैले पनि आफ्ना जरा र धरालत बिसर्नु हुँदैन । धरातल भुल्नु हुँदैन र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझनु हुँदैन भन्ने कुरामा पनि म सचेत छु ।’

प्रतिक्रिया दिनुहोस्