Logo
Logo

काठमाडौंमा भारतीय सेना दिवश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ माघ । ७२औं भारतीय सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आजोजना गरेको छ ।
भारतीय सेनाका मानार्थ महारथी तथा सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै कार्यवाहक राजदूत डा. अजय कुमारले भारतीय सेना राष्ट्र निर्माणको सुरक्षा कवचको रुपमा रहेको बताए ।
उनले दुई देशलाई जोड्ने नेपाली गोर्खा सैनिकको अटुट सम्बन्धको चर्चा गर्दै उनीहरुको निःस्वार्थ सेवाभाव तथा त्यागप्रति कृतज्ञता व्यक्त गरे । उनले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक र नेपालमा बसोबास गरिरहेका उनीहरुका परिवारको सेवाका साथै स्वास्थ्य तथा सुविधाको हेरचाह गर्ने प्रतिबद्घता समेत व्यक्त गरे ।
कार्यक्रममा प्रधानसेनापति थापाले दुई देशका सेनाबीच रहेको उत्कृष्ट सम्बन्ध र सहकार्य नेपाल–भारतबीच रहेको सुमधुर सम्बन्धको उदाहरण रहेको बताए ।
कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति र भारतीय राजदूतावासका कार्यवाहक राजदूतले भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्