Logo
Logo

उपभोक्ता अधिकारकर्मी आइएनजीओका जागिरे


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ७ माघ । स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मको उपभोक्ता अधिकारसम्बन्धी ऐन नियम परिमार्जनको जिम्मा पाएका उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ आइएनजीओमा जागिरे भएका छन् । उनी हालै युएनडीपीको सस्टेन्बल डेभलपमेन्ट गोलको संयोजक भएका छन् । आइएनजीओको संयोजक भइसकेपछि पनि बानियाँ उपभोक्ता अधिकारकर्मीकै रुपमा कार्यक्रममा भाग लिइरहेका छन् । उपभोक्ता अधिकारसम्बन्धी कानुन निर्माणमा पनि उनी आइएनजीओबाट प्रभावित भएको आरोप लागेको छ ।

उपभोक्ता संरक्षण ऐन २०७६ र नियमावली २०७६ तथा नापतौल तथा गुणस्तर ऐन २०२५ बानियाँकै अग्रसरतामा परिमार्जन भइसकेका छन् । जुन कानुन उपभोक्ताको पक्षमा नभएको गुनासो पनि आएका छन् । बानियाँ उपभोक्ता हित संरक्षण मंचको स्थापनाकालदेखिका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्