Logo
Logo

गोरखापत्रमा छायाँ सम्पादकको आतंक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । गोरखापत्र संस्थानद्वारा प्रकाशित गोरखापत्र दैनिकमा कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र निमित्त सम्पादकमा श्रीओम श्रेष्ठको नाम छापिएको छ । अध्यक्ष भण्डारी राजनीतिक नियुक्ति पाएका व्यक्ति हुन् भने श्रेष्ठ संस्थानका वरिष्ठ पत्रकार हुन् । तर, केही समययता गोरखापत्र बालुवाटारका छायाँ सम्पादकको गिरोहले कब्जा गरेर पित पत्रकारिताको अभ्यास गरिरहेको छ । जुन कुरा गोरखापत्रका पत्रकारहरुलाई मन परेको छैन । तर, जागिर जाने डरले बोल्न पनि सकिरहेका छैनन् । संस्थानमा योग्य, इमान्दार र क्षमतावान पत्रकारहरुको कमी छैन । सरकारी मुखपत्र गोरखापत्रलाई निष्पक्ष, मर्यादित र राष्ट्रको जिम्मेवार संस्थाका रुपमा विकास गर्न सरकारले वार्षिक करोडौं बजेट पनि दिएको छ । तर, त्यहाँका पत्रकारहरुको मानमर्दन हुने गरी छायाँ सम्पादकले सम्पादक श्रेष्ठ र अन्य पत्रकारहरुको हुर्मत लिएका छन् । सञ्चारमन्त्रीको दबाबमा संस्थानमा सल्लाहकार सम्पादकको नियुक्ति पाएका गोपाल खनालको जिम्मेवारी गोरखापत्रका सम्पादकलाई सघाउने हो । प्रत्यक्ष भूमिका सल्लाहकारको हुँदैन । तर, गोरखापत्रमा खनाल प्रधानसम्पादकजस्तो, श्रीओम श्रेष्ठ उनको सल्लाहकारजस्तो भूमिका देखिन्छ ।

पञ्चहरुले पनि ०४६ सालको जनआन्दोलन दबाउन यसैगरी पञ्चायती बुद्धिजीवीहरुलाई बोलाएर अन्तक्र्रिया गर्ने गर्थे । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसामु प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामहरु छाप्ने मुटु भएका सम्पादकहरु यो देशमा छैनन् भनेपछि नेपाली मिडिया प्रधानमन्त्रीसँग रुष्ट भएका छन् । तिनै नेपाली मिडियालाई पत्रकारिताको पाठ सिकाउन गत सोमबारको संवादमा सूर्य थापा र युवराज घिमिरेलाई आमन्त्रण गरिएको थियो ।

एक सय चौध दिन प्रधानमन्त्री बनेका देवशम्शेरले ११९ वर्ष अगाडि गोरखापत्रको स्थापना गरेका थिए । राणा प्रधानमन्त्री देवशम्शेरले गोरखापत्र स्थापना गर्दा ‘आफ्नो तारिफ नछाप्नु’ भनेर सनदनै जारी गरेका थिए । निष्पक्ष, पारदर्शी र जनमुखी पत्रकारिताको माध्यमबाट जनतालाई सुसूचित गर्न देवशम्शेरले गोरखापत्र स्थापना गरेका हुन् । तर, अहिले गोरखापत्र सरकारको भजन गाउने संस्थाको रुपमा स्थापित भएको छ । पञ्चायती शासकहरुले गोरखापत्रको व्यापक दुरुपयोग गरे । २०३५÷३६ र ०४६ सालको जनआन्दोलन दबाउन यसको प्रयोग गरियो । अहिले आएर दुईतिहाइको नेकपाको सरकारले यसको दुरुपयोग गरिएको छ ।

खनाल गोरखापत्रको छायाँ सम्पादकमा नियुक्ति भएर आएपछि हरेक सोमबार ‘गोरखापत्र संवाद’ स्तम्भ प्रकाशित हुन थालेको छ । राष्ट्रपतिको फोटो दायाँ, प्रधानमन्त्रीको फोटो बायाँ झुण्ड्याएर त्यसको मुनि छायाँ सम्पादक बसेर उक्त कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । दायाँ बायाँ अतिथि र छेउछाउमा गोरखापत्रका अध्यक्ष, सम्पादक, सहसम्पादक बस्ने गरेका छन् । यो स्तम्भको सुरुआत जनतालाई सुसूचित बनाउने भन्दा पनि सरकारको भजन गाउनेहरुलाई आमन्त्रित गर्ने खालको रहेको छ । पञ्चहरुले पनि ०४६ सालको जनआन्दोलन दबाउन यसैगरी पञ्चायती बुद्धिजीवीहरुलाई बोलाएर अन्तक्र्रिया गर्ने गर्थे । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलसामु प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामहरु छाप्ने मुटु भएका सम्पादकहरु यो देशमा छैनन् भनेपछि नेपाली मिडिया प्रधानमन्त्रीसँग रुष्ट भएका छन् । तिनै नेपाली मिडियालाई पत्रकारिताको पाठ सिकाउन गत सोमबारको संवादमा सूर्य थापा र युवराज घिमिरेलाई आमन्त्रण गरिएको थियो । गोरखापत्रको त्यो स्तम्भबाट नेपाली मिडियाले पत्रकारिताको बारेमा कति जान्ने, बुझ्ने मौका पायो, त्यो त छायाँ सम्पादकहरुलाई नै थाहा होला । तर, सिंगो मिडियालाई चुनौती दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका थापाले त्यस दिन प्रधानमन्त्रीले भन्न खोज्नुभएको के थियो भन्ने कुराको थप व्याख्या गर्न अन्तर संवादका आवश्यकता थिएन । त्यो त थापाको चाकरी गर्न छायाँ सम्पादकले गरेको एउटा नाटक मात्र हो । प्रधानमन्त्रीको भनाइको पूर्ण पाठ गोरखापत्रमा छापिएकै छ त्यही कुरा दोहो¥याउन यस्तो काम किन गरियो होला भनेर गोरखापत्रका पत्रकारहरु आश्चर्यचकित छन् ।

उता प्रविधि सल्लाहकारका रुपमा भित्रिएका टीकाराम राईको आतंकले त्यहाँका कर्मचारीहरु आजित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्