Logo
Logo

संविधानमा लेखिएका प्रावधान व्यहारमा उतार्न चूनौती : अध्यक्ष नेपाल


441
Shares

काडमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमा लेखिएका प्रावधानलाई व्यहारमा उतार्ने चूनौती रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल रिटर्नी एशोसियशनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानमा समाजवाद स्थापना, भेदभाव, अन्यायको अन्त्य लगायतका सवै बिषय समेटिएपनि संविधानमा लेखिएका प्रावधानलाई व्यहारमा उतार्ने चूनौती रहेको बताएका हुन् ।

नेपाली विशेषताको समाजवाद स्थापनाका लागि योजनाबद्ध रुपमा अघि बढ्ने, मौलिक हक जनतामा प्रदान गर्ने कुरामा निकै समस्या देखिएको उनले बताए । अध्यक्ष नेपालले बजेटमा पनि रोजगारीसम्बन्धी कार्यक्रम राखेपनि वास्तविक रुपमा कार्यान्वयन हुन नसकेको धारणा राखे ।
उनले संविधानमा उल्लेख गरेका कुराहरुलाई व्यवहारमा लागू गर्नका लागि सरकारलाई आह्वान गर्दै सरकारका राम्रा कामलाई सदैव साथ दिने जिकिर गरे ।
अध्यक्ष नेपालले नेपाल रिटर्नी एशोसियशनले विदेशमा रहेका र विदेशबाट फर्किएका विवरण राखेर युवा लक्षित कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्