Logo
Logo

यस्तो छ आजको मौसम



काठमाडौं । हाल देशका अधिकांश भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूर पश्चिम प्रदेशहरुका एक वा दूई स्थानमा आज बिहानैदेखि मेघ गर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरुमा र बाँकी  प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस्