Logo
Logo

जनप्रतिनिधि र कर्मचारी थाकेपछि मण्डनपुरमा आज सार्बजनिक बिदा


2k
Shares

काभ्रेपलाञ्चोक । जनप्रतिनिधि थकित भएको भन्दै मण्डनपुर नगरपालिकामा आज सार्बजनिक बिदा दिईएको छ ।

संबिधान दिबसको अवसरमा नगरपालिकाको तीन दिनदेखी नवनिर्मित भबन व्यवस्थापनमा खटिदा जनप्रतिनिधि र कर्मचारी थकित भएको भन्दै मण्डनपुरमा आज बिदा दिइएको हो ।

‘नगरपालिकाले सुचना जारी गर्दै सार्वनजिक विदा बारे जानकारी गराएको हो । बिगत तीन दिन देखी लगातार ब्यबस्थापन गर्ने कार्यमा खटिदा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, बिद्यालय लगायत सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको ब्योहोरा सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ’

प्रतिक्रिया दिनुहोस्