Logo
Logo

एक युवतीलाई सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ


4.9k
Shares

। डडेल्धुरामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । एक २० वर्षीया युवतीलाई फरक–फरक समय र स्थानमा बलात्कार गरेको आरोपमा डडेल्धुरा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका–३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड रहेका छन् । एक जना १८ वर्षीय किशोर भने फरार रहेका छन् । उनीहरुले बैशाख महिनामा नानिगाड खोलामा तथा भागेश्वर गाउँपालिकाकै डेकास्थित एउटा घरको गोठमा बलात्कार गरेको पीडित युवतीले प्रहरीमा उजुरी दिएकी छन् ।

पीडित युवतीको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनामा संलग्नता आरोप लागेका किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्