Logo
Logo

विद्यालय बन्द गरेर शिक्षकहरू आज पनि सडकमा


819
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकको विरोध गर्दै आज पनि सडक आन्दोलन गरेको छ। बिहीबार देशभरिका सामुदायिक विद्यालय बन्द गरी समितिले काठमाडौं केन्द्रित आन्दोलन गरेको हो। शिक्षकहरूले हिजो बुधबारदेखि आन्दोलन सुरू गरेका हुन्।

विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गर्दै देशभरका शिक्षकले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

सरकारले शिक्षकहरूसँग आज पहिलो चरणको वार्ता समेत गरेको छ । बिहीबार बिहान गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिक्षकहरूले वार्ता गरेका थिए । तर छलफल निष्कर्षबिहीन सकिएको थियो।

शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले आन्दोलन गरेको हो।

प्रतिक्रिया दिनुहोस्