Logo
Logo

हिटर बालेर सुत्दा दामनको रिसोर्टमा आठ जना पर्यटकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ ।
मकवानपुरको सिमभञ्ज्याङस्थित होटल पानोरमा रिसोर्टमा हिटर बालेर सुत्दा आठ जना भारतीयको मृत्यु भएको छ । हिटर बालेर सुत्दा अक्सिजन म भई अचेत भएर उनीहरुको मृत्यु भएको हो ।


मृतक सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा भारतको केरलाका ३८ वर्षीय रन्जित कप‚ ३४ वर्षीया इन्द्र‚ ३७ वर्षीय प्रविण‚ ३२ वर्षीया सरिया‚ ५ वर्षीय अभि‚ ७ वर्षीया चर्चना‚ ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्र रहेको प्रहरीले जनाएको छ। होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो। प्रहरीका अनु्सार उनीहरु सोमबार राति ९ बजे होटलमा आएका थिए। भारत केरालाका उनीहरु पोखराबाट दामन बा ३ क ३६८८ नम्बरको बस १५ जनाको समूहमा आएका थिए। उनीहरुले चारवटा रुम बुक गरेको प्रहरीले जनाएको छ। जसमध्ये मृतकहरु रहेको एउटा रुपमा हिटर बाली सुतेकोमा पाइएको थियो । सबै झ्याल ढोका बन्द गरेर हिटर बालेर सुत्दा यस्तो जोखिम हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्