Logo
Logo

सभामुखमा अग्नि सापकोटाको एक्लो उम्मेदवारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि मनोनयन दर्ता गराएका छन्। उनले मंगलबार बिहान मनोनयन दर्ता गराएका हुन्। सभामुख पदमा उनको एकल उम्मेदवारी परेको छ । नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको छ ।

अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री

सापकोटाले नेकवा संसदीय दलका उपनेता सुवास नेम्बाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा उम्मेदवारी दर्ता गराएका छन्। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा जेल परेपछि सभामुख पद चार महिनादेखि रिक्त छ। लामो कसरतपछि नेकपाले सभामुखको उम्मेदवार चयन गरेको हो। सांसद सापकोटाको मात्रै उम्मेदवारी परेकाले सर्वसम्मत रुपमा उनी छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्