Logo
Logo

आन्दोलनरत शिक्षक र सरकारबीच आज निर्णायक वार्ता


1.3k
Shares

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज पुनः वार्ता हुने भएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा भएको छलफलमा कुनै सहमति नभएपछि आज पुन: वार्ता हुने भएको हो ।

वार्ता बिहान ९ बजे बस्ने तय भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार हिजोको बैठक वार्ताको माहोल तयारमा केन्द्रित थियो ।

त्यस्तै कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासंघसँगको बिहीबारको छलफल सकारात्मक रहेको र आज बिहान पुनः छलफलमा बसेर सहमति गर्ने टुंगो लागेको बताए ।

‘सकारात्मक छलफल भएको छ । बिहानको भन्दा अहिले बुँदागत रुपमा छलफल भएको छ । उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर छलफल भएको हो । शुक्रबार छलफल सकरात्मक ढंगले टुगिन्छ”, उनले भने।

उनले बिहीबारको वार्तामा आफूहरूका माग पूरा नभएको भन्दै आन्दोलन जारी रहेको बताएका छन् । विभिन्न माग राखेर शिक्षकहरू बुधबारदेखि सडक आन्दोलनमा छन् । देशभरका शिक्षक आन्दोलनका लागि काठमाडौं आएपछि विद्यालयमा पठनपाठन ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्