
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि चतुरबहादुर चन्दले खुसी हुनुपर्ने कुनै कारण नभएको बताएका छन्।
क्यानको आज (शनिबार) हुने भनिएको निर्वाचनमा अध्यक्ष पदका लागि चन्द बाहेक कसैको उम्मेदवारी नपरेपछि उनी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । क्यानको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएपछि चुनौती तथा पदीय दायित्व थपिएकाले यसमा खुसी हुुनुभन्दा चिन्ता थपिएको बताए ।
उनले भने, ‘अझै च्यालेन्जहरू थपिएको छ। खुसी हुनुपर्ने कुनै कारण छैन, पदीय जिम्मेवारी थपिएको छ।’
क्यानको अध्यक्षमा विनय राजभण्डारीले उम्मेदवार दिने भनिए पनि मनोनयनको फारम भरिसकेका भण्डारीले अन्तिम समयमा आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गरेका थिए । त्यस्तै क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए । यसैगरी कोषाध्यक्षमा पनि पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् ।














