Logo
Logo

नेविसंघका नेतालाई सदस्य–सचिव बनाएपछि पर्यटन मन्त्रालयमा हंगामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ ।
नेपाल भ्रमण वर्ष सुरु भइसकेको छ । तर, पर्याप्त तयारी नभएकाले २० लाख पर्यटक नआउने भन्दै सरकारको तयारीमाथि आलोचना भइरहेको छ ।
तयारीको कमजोरी त छँदै छ सत्तामा रहेका व्यक्तिहरुको व्यक्तिगत स्वार्थका कारण पनि भ्रमण वर्ष असफल हुने जोखिम देखिएको छ । विभिन्न महत्वपूर्ण पदमा प्रतिस्पर्धाका आधारमा होइन चलखेलका आारमा नियुक्ति हुन थालेका छन् ।


लुम्बिनी विकास कोषमा पनि त्यस्तै भएको छ । नेविसंघका पूर्व नेतालाई पर्यटन मन्त्रालयले कोषको सदस्य–सचिवमा नियुक्त गरिएको छ । शंकरदेव क्याम्पसमा नेविसंघका तर्फबाट स्ववियु सभापति भएका ज्ञानिन राईलाई सदस्य सचिवको जिम्मेवारी दिएपछि कोषभित्र धेरैले आश्चर्य मानेका छन् ।

राईकै कोषकै कर्मचारी हुन् । कांग्रेस सरकारमा रहेको बेला उनी भर्ती भएका थिए । अहिले उनै राईले नेकपाका मन्त्रीले समेत माया गर्नुको रहस्य कोषका कर्मचारीले बुझ्न सकेका छैनन् ।

सरकारले कोषमा खुला प्रतिस्पर्धाबाट सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढाएको थियो । जसमा २१ जनाले लिखित परिक्षा दिएका थिए । तर, चलखेलका आधारमा आवेदन नै नदिएका पूर्व सिडिओ विष्णु प्रसाद ढकाललाई सदस्य सचिव नियुक्त गरेपछि विवाद अदालतमा पुग्यो र उनले पद गुमाए ।
अहिले आएर फेरि चलखेलका आधारमा राईलाई जिम्मेवारी दिएपछि कोषभित्र झ्न भ्रष्टाचार बढ्ने र लुम्बिनी क्षेत्रमा काम समेत नहुने चिन्ता धेरैको छ । यसबाट पर्यटन वर्ष समेत प्रभावित हुने जोखिम छ ।

मन्त्रीस्तरबाट भएको यो निर्णयले पर्यटन मन्त्रालयमै समेत हंगामा भएको छ ।

प्रतिक्रिया दिनुहोस्