
काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाटै बाहिरिएको छ ।नेपालका पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएका हुन् ।
शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समूह चरणको खेलमा समूह एफमा रहेको महिला टोली भारतसित ३–० ले हारेको हो। सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११–१, ११–६ तथा ११–८ अंकले हारेकी हुन्।
यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११–३, ११–७ तथा ११–२ अंकले हारिन्। यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११–१, ११–५ तथा ११–२ अंकले हारिन् ।
यसैगरी नेपालको पुरुष टोली पनि उत्तर कोरियासित नेपाल ३–० ले हारेको छ । पुरुषतर्फ समूह बीमा रहेको नेपालका संयोग कपाली ११–७, ११–४ तथा ११–५ अंकले हारे ।
अर्को खेलमा नेपालका रुविन महर्जन ११–२, ११–६ तथा ११–२ अंकले हारे भने विलोश श्रेष्ठ ११–८, ११–२ तथा ११–३ अंकले हारे।यसअघि नेपालको पुरुष भलिबल टोली पनि प्रतियोगिताबाट बाहिरिसकेको छ ।
एसियन गेम्समा यसपटक नेपालबाट अहिलेसम्मकै बढी २९ खेलका लागि २ सय ५३ खेलाडी सहभागी हुँदै छन् । प्रतियोगितामा सहभागिताका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोली पनि चीन प्रस्थान गर्दै छ ।














