Logo
Logo

नेपाल प्रहरी : महानिरीक्षक छनोटमा किन सधैँ राजनीति ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । नेपाल प्रहरीमा माघ २८ पछि नयाँ प्रहरी महानिरीक्षकले नेतृत्व गर्दैछन् । झन्डै ८० हजारको फोर्सलाई २२ दिनपछि आफ्नो संगठनको प्रमुख को हुन्छ भन्ने अहिलेसम्म जानकारी छैन । सम्भवतः २८ गते मात्र सरकारले नयाँ आइजिपी चयन गर्ने छ ।

यसबीच खनालको कार्यकालमा उच्चपदस्थ व्यक्तिहरु पक्राउ परे । त्यो उनको सफलता हो । पछिल्लोपटक कांग्रेस सांसद अफताब आलम पक्राउ परे । त्यसमा उनको भूमिकाको कदर गर्नैपर्छ । गृहमन्त्रीका भाइदेखि तत्कालीन सभामुख कृष्णबहादुर महरासम्म पक्राउ परेपछि कानूनको नजरमा कोही सानो ठूलो हन्न भन्ने सन्देशसमेत गएको छ । उनी प्रहरीका सामान खरिदसम्म विवादबाट मुक्त हुन सकेनन् । प्रहरीबीचको गुटको राजनीति उनको कार्यकालमा पनि जारी नै रह्यो । कतिपय बढुवा सरुवामा उनी चुके । यद्यपि प्रहरीलाई साधन स्रोत सम्पन्न गराउने प्रयास गरे । समग्रमा खनालको कार्यकाल मध्यम रह्यो ।

अर्काे महत्वपूर्ण कुरा जो आइजिपी भएपनि उनीहरुसँग नीतिगत तहमा बसेर काम गरेको अनुभव हुने छैन । एक वर्षअघि मात्र डिआईजी भएका प्रहरी अधिकृतमध्येबाट सिधैं महानिरीक्षक बन्नेछन् । प्रहरीमा ‘करिअर’, ‘प्लानिङ’ र नेतृत्व विकासको नीति नहुँदा यस्तो अवस्था आएको हो । राज्यले प्रहरीलाई बलियो बनाउन नचाहँदा केही वर्षयता प्रहरी महानिरीक्षक चयनमा यस्तो दृश्य दोहोरिदै आएको छ । यसको फाइदा राजनीतिक नेतृत्वले उठाउँदै आएको छ भने, संगठन र देशले यसको मूल्य चुकाउनुपरेको छ ।

आफ्नो स्वार्थका लागि राजनीतिक नेतृत्वले नेपाल प्रहरीलाई बलियो बनाउन नचाहेको प्रहरी अधिकारीहरु बताउँछन् । त्यही कारण नेतृत्व विकासको प्रणाली लागू नगरिएको र अन्तिम दिनमा आएर आइजिपी चयन हुँदै आएको छ । यसले अस्वस्थ प्रतिस्पर्धा बढाउनुका साथै प्रहरी नेतृत्वलाई पनि कमजोर बनाउने गरेको छ । यसपटक विगतमा जस्तो आइजिपी छनोटमा चर्काे दौडधुप देखिएको छैन । दुई जना मात्र प्रतिस्पर्धी भएको र पाँच महिनाको मात्र कार्यकाल भएकाले पनि त्यस्तो अस्वस्थ चलखेल छैन । तर, पनि कम्तीमा एक महिना अगाडि नै निमित्तको जिम्मेवारी दिएर खटाउनुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् । नेपाली सेनामा एक वर्षअघि नै को चिफ बन्छ भन्ने तय हुन्छ । प्रधानसेनापतिले अनिवार्य रुपमा एक महिनाअघि अवकाश लिन्छन् । जसले गर्दा भावी नेतृत्वकर्ताले सबै कुरा बुझिसकेको हुन्छ ।

नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको कारण पनि समस्या भएको हो । उच्च तहमा सबै आइजिपीकै ब्याच हुने र उनीहरुले एकैपटक अवकाश पाएपछि सिधैं डिआईजीबाट बढुवा गर्नुपर्ने अवस्था छ । यसअघि लगातार दुई पटक डिआईजीबाट सिधैं आइजिपी बनाइएकोमा तेस्रो पटक पनि डीआईजीबाटै आईजीपी बनाउनुपर्ने बाध्यता सरकारसँग छ ।

खनालका २० महिना

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल केही सफलता र केही असफलता लिएर संगठनबाट बिदा हुँदै छन् । करिब २० महिनामा संगठनलाई उनले केही योगदान दिएका छन् भने कतिपय अवस्थामा उनको कमजोरी पनि देखिएको छ ।

उनी प्रहरी महानिरीक्षक हुँदा सुन तस्करी प्रकरण चर्किएको थियो । गृह मन्त्रालयले बिशेष टोली बनाएर अनुसन्धान गरिरहेको थियो । जसमा सुरुमा खनालले ठूलो चासो दिएनन् । जब त्यसमा धमाधम प्रहरी अधिकारीहरु नै पक्राउ पर्न थाले, त्यसपछि उनको नेतृत्वको परीक्षा सुरु भयो । सनम शाक्य हत्याको अनुसन्धानमा लापरबाही गरेको आधारमा बिशेष टोलीले प्रहरीका केही अब्बल अनुसन्धान अधिकृतहरुलाई समेत पक्राउ गरेर संगठित अपराध मुद्दा चलायो । सुन तस्कर तथा हत्याका आरोपीसँग मिलेको अवस्थामा त्यसरी मुद्दा चलाउन सकिन्थ्यो, तर लापरबाहीकै आधारमा अनुसन्धान अधिकृतहरु जेल जानु परेपछि प्रहरी नेतृत्वको क्षमतामा पनि प्रश्न उठ्यो । किनकि, त्यो विभागीय सजाय हुनुपर्ने प्रकृतीको लापरबाही थियो । मुद्दा नै चल्दाखेरि प्रहरीका अनुसन्धान अधिकृतहरुको मनोबल खस्कियो । यसमा महानिरीक्षक खनालको राम्रो भूमिका नभएको आरोप पूर्व प्रहरी अधिकारीले सार्वजनिक रुपमै लगाए ।

उनको दोस्रो र सबैभन्दा ठूलो परीक्षा निर्मला पन्त हत्या र बलात्कार घटनामा भयो । उनी महानिरीक्षक भएको ४ महिनामै त्यो घटना भएको थियो । जसको अनुसन्धान अहिलेसम्म सकिएको छैन । सुरुमा केही प्रहरीले अनुसन्धानमा लापरबाही गरे । त्यही कारण प्रहरीविरुद्ध औंला उठ्यो । तर, त्यो प्रकरणमा प्रहरीले नक्कली अभियुक्त खडा गरेको आवाज उठ्यो, जसलाई प्रहरी नेतृत्व र गृह मन्त्रालयले नै सदर गरेर प्रहरीमा गलत नजिरको स्थापना गरे ।

त्यतिबेला पक्राउ परेका दिलीपसिंह बिष्ट नक्कली अभियुक्त भएको भन्दै प्रहरीविरुद्ध आक्रोश फैलिएको थियो । उनको डिएनए नमिलेपछि प्रहरी रक्षात्मक अवस्थामा पुग्यो । जनदबाबकै आधारमा त्यतिबेला अनुसन्धानमा आबद्ध नौ प्रहरीविरुद्ध मुद्दा चल्यो भने अन्य दुई दर्जन कारबाहीमा परे । अहिले आएर उनै दिलीपसिंह विष्ट सो घटनाको सबैभन्दा नजिक देखिएका छन् । उनी स्वयंले आफ्नो अपराध स्वीकारेका छन् । खनालले उनलाई फेरि पक्राउ गरेर मुद्दा चलाउने तयारी समेत गरे । तर, अकाट्य प्रमाण नहुँदा प्रहरीले यसमा निर्णय लिन सकेको छैन । यो प्रकरणमा पनि प्रहरी नेतृत्वको कमजोरी देखिन्छ । किनकि त्यतिबेलाको अनुसन्धान टोलीले बदनियत राखेर अनुसन्धान नगरेको पुष्टि भएको छ । त्यति हुँदाहुँदै पनि अनुसन्धान अधिकृतले मुद्दा खेप्नुपर्ने भएपछि यसले प्रहरीको मनोबल थप खस्कने काम भयो ।

निर्मला प्रकरणपछि प्रहरी र नागरिकबीचको दुरी बढ्यो । प्रहरीमाथि अविश्वास बढ्यो । अविश्वासको त्यो खाडल पुर्न प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु ग¥यो । वडा तहसम्म प्रहरी र नागरिकका संयन्त्र स्थापित भए । स्थानीय तहबाट प्रहरीले स्रोत साधन पाउन थाल्यो । यो कार्यक्रमले प्रहरीसँग जनताको निकटता बढाएको छ । प्रहरीप्रति केही हदसम्म सर्वसाधरणको सोचाई फेरिएको छ । महानिरीक्षक खनालको कार्यकालको सबैभन्दा राम्रो काम भनेको यही नै हो ।

त्यस्तै उनी आइजिपी हुँदा विप्लव समूहको आतंक बढेको थियो । उनकै कार्यकालमा ठूला विष्फोट पनि भए । सो समूहविरुद्ध प्रहरीले आक्रामक कारबाही ग¥यो, जसमा पार्टीका ८० प्रतिशत नेता र कार्यकर्ता पक्राउ परेका छन् । यो उनको सफलता हो, तर अझै सो समूहका आतंक रोकिएका छैनन् ।

महानिरीक्षक खनाल इन्सपेक्टर हुँदादेखि नै आक्रामक पुलिसिङमा विश्वास राख्ने सफल अधिकृत हुन् । अपराधीहरुलाई ‘ठोक्नुपर्छ’ भन्ने उनको मान्यता छ । जिल्ला इन्चार्जहरुलाई निर्देशन दिंदा त्यसै भन्छन् । सोही नीतिअनुसार धेरै उनको कार्यकालमा प्रहरीका धेरै गोली खर्च भए । सामान्य अपराधीलाई पक्राउ गर्न पनि खुट्टामा गोली हान्ने प्रवृत्ति सुरु भयो । यो प्रवृत्तिले अपराधीलाई तर्साउँला । तर, प्रहरीको छवी राम्रो बनाएको छैन । किनकी धेरै घटनामा प्रहरीले अभियुक्तलाई पक्राउ गरेर गोली हानेको छ । सर्लाहीमा कुमार पौडेलको इन्काउन्टरबाट प्रहरीले ठूलो मूल्य चुकाउनु परेको छ । त्यसमा संलग्न तीन प्रहरीलाई पक्राउ गरेर मुद्दा चलाउन राष्ट्रिय मानव अधिकार आयोगले निर्देशन दिएको छ । अन्य घटनाको पछि छानबिन जारी छ ।

यसबीच खनालको कार्यकालमा उच्चपदस्थ व्यक्तिहरु पक्राउ परे । त्यो उनको सफलता हो । पछिल्लोपटक कांग्रेस सांसद अफताब आलम पक्राउ परे । त्यसमा उनको भूमिकाको कदर गर्नैपर्छ । गृहमन्त्रीका भाइदेखि तत्कालीन सभामुख कृष्णबहादुर महरासम्म पक्राउ परेपछि कानूनको नजरमा कोही सानो ठूलो हन्न भन्ने सन्देशसमेत गएको छ । उनी प्रहरीका सामान खरिदसम्म विवादबाट मुक्त हुन सकेनन् । प्रहरीबीचको गुटको राजनीति उनको कार्यकालमा पनि जारी नै रह्यो । कतिपय बढुवा सरुवामा उनी चुके । यद्यपि प्रहरीलाई साधन स्रोत सम्पन्न गराउने प्रयास गरे । समग्रमा खनालको कार्यकाल मध्यम रह्यो ।

प्रतिक्रिया दिनुहोस्