Logo
Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरको गण्डकी प्रदेश एजेन्ट् मिट कार्यक्रम सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएस/सिएफटी तालिम कार्यक्रम पोखरास्थित पांँचतारे होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, तनहुँ, लम्जुङ, स्याङजा, गोर्खा लगायतबाट ३०० भन्दा बढी एजेन्टहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनलगायत व्यवस्थापन समूहको उपस्थिति थियो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि विश्वभरि आफ्नो रेमिट एजेन्ट्हरुबाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्