Logo
Logo

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ कंग्रेसका अध्यक्ष लेजीबीच भेटवार्ता


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ नेसनल पिपुल्स कंग्रेसका अध्यक्ष चाओ लेजीबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटवार्ता भएको हो ।

भेटमा प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो भ्रमणलाई महत्त्व दिएको भन्दै अध्यक्ष लेजीसँग प्रशन्नता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेशनल पिपुल्स कंग्रेस नेपालसँग सहकार्य गर्न तयार रहेको अध्यक्ष लेजीको भनाई थियो । सो अवसरमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो ।

तस्वीर : प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया दिनुहोस्