
काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शासहले सामाजिक अभियन्ता ईःलाई नगर प्रहरी लगाएर थर्काएको आरोप लागेको छ ।
फुटपाथ व्यवसायीलाई विकल्पविना विस्थापित गरेको विरोधमा असोज १ गतेदेखि काठमाडौं महानगरपालिका अगाडि उभिरहेका सामाजिक अभियन्ता ईः लाई बालेनले नगर प्रहरी लगाएर थर्काएको आरोप लागेको हो ।
मेयर बालेनले वार्तामा बोलाउँदा पनि सम्पर्कमा नआएको आरोप लगाएपछि सामाजिक अभियन्ता ईः ले सामाजिक सञ्जालबाटै आफुहरुलाई नगर प्रहरी लगाएर थर्काउने काम भएको बताएका हुन् ।
‘मेयर यहाँ आउनु भएको होइन । जवाफदेहिता मागिरहेका साथीहरु साक्षी छन् । करिब २० मिनेट अगाडि अकास्मत एकजना नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए । हामीले कानुन विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ र सडक व्यवसाय प्रतिनिधि साथीहरुलाई बोलाउन ३० मिनेट समय माग्यौँ । नगर प्रहरीले रिसाएर जवाफ दिए, ‘त्यसो भए मेयरले भेट्दैन ।’
तर उता मेयर बालेन्द्रले भने आफैं वार्ता गर्न तयार रहेको बेला अभियन्ताहरु सम्पर्कमै नआएको जिकिर गरेका छन् । ईःसँगै उभिएर थुप्रैले साथ दिएका छन् । संवाद नगरेको भन्दै मेयर बालेनको आलोचना भइरहेको छ ।
मेयर यहाँ आउनुभएको छैन। सँगै जवाफदेहिता माग गरिरहेका साथीहरू साक्षी छन्। करीब ३० मिनेट अगाडि अकस्मात एक नगरप्रहरीले पार्किङ लटमा बोलाए। कानून विज्ञ, शहरी विशेषज्ञ, सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए – त्यसोभए मेयरले भेट्दैन! https://t.co/vVlj7uqnDS
— iih ईः (@iihtter) September 25, 2023














