Logo
Logo

प्यूठानमा विभिन्न पार्टी परित्याग ३५० वढी कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश 


1.3k
Shares

प्यूठान । प्यूठानको जुम्रीमा भएको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३ सय ५० वढी नेता कार्यकर्ताहरू नेकपा  एकीकृत समाजवादी प्रवेश गरेका छन् । 

एकीकृत समाजवादीद्वारा प्यूठान जिल्ला जुम्रीमा आयोजना भएको जिल्ला स्तरीय विशाल कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरे । कार्यक्रममा नेकपा एमाले सहितका विभिन्न पार्टीका कार्यकर्ताहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष  नेपालले समाजवादको यात्रामा सबैलाई एकजुट भइ अघि बढ्न आव्हान गरे । 

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अन्तर्गतको नेपालले नेता भन्दा नीति प्रधान रहेको बताए । उनले अबको बाटो समाजवाद नै हो नेपाली जनताको वर्तमान आवश्यकता र भविष्य सुनिश्चित गर्नका लागि सबै नेपाली समाजवादको महान् यात्रामा लामबद्ध हुनुपर्नेमा जोड् दिए । 

प्रतिक्रिया दिनुहोस्