
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न चाड पर्व क्रमशः भित्रिनै लागेको बेला प्रभावकारी बजार अनुगमनको माग गरेको छ ।
कांग्रेसको आइतबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले प्रभावकारी बजार अनुगमन गरी कृत्रिम मूल्य नियन्त्रण तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर मापन गर्ने, उपभोक्ताको हितलाई ध्यानमा राखी आपूर्ति सहज र सुलभ बनाई उपभोक्तालाई आश्वस्त पार्न सरकारसँग माग गरेको हो ।
त्यस्तै बैठकले आसन्न चाडपर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव र एकता कायम राख्दै मूलूकका सामु देखिएका विभिन्न खाले धार्मिक सांस्कृतिक भ्रमहरू चिर्दै नेपालीहरूबीच सुख, शान्ति, उत्साह र उमङ्गको बहार ल्याउने अभिलाषासहित सबैमा शुभकामना व्यक्त गरेको छ ।











