Logo
Logo

प्रेम चलाउनेको मुद्दामा आज पनि सुनुवाइ हुँदै



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासमा सोमबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दाको आज मंगलबार पनि सुनुवाइ हुने भएको हो ।

सुनुवाइको पहिलो दिन चलाउनेका तर्फबाट र अभियुक्तका तर्फबाट केही कानुन व्यवसायीले बहस गरेका थिए । उनका तर्फबाट बहस गर्न २९ जनाले वकालतनामा पेस गरेका छन् ।

चलाउनेमाथि ०७७ असोज २० गते नेविसंघका नेताहरूले सांघातिक आक्रमण गरेका थिए । योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रूपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगरलगायतविरूद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाइएको छ ।

कांग्रेससमेत सहभागी वर्तमान सरकारले मुद्दा फिर्ता लिने निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् रोकिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्