Logo
Logo

समिटले छोडेको १६ डाक्टरलाई लिन निगमकाे जहाज पठाइयो


11.3k
Shares

काठमाडौं । मुगुको ताल्चामा छुटेका चिकित्सकहरु लिन नेपाल एयरलाइन्सको जहाज पठाइएको छ । नेपाल वायुसेवा निगमले मंगलबार बिहान मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन छुटेका १६ जना चिकित्सलाई लिन आफ्नो जहाज पठाएको हो ।

संस्कृति तथा पर्यटनमन्त्री सुन किरातीले ताल्चा विमानस्थलमा छुटेका चिकित्सकहरुलाई गन्तव्यमा पुर्याउन निगमको जहाज पठाइएको जानकारी दिए ।

‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दुःखित बनायो’, जहाजको तस्बिरसहित मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गन्तव्यमा पु¥याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ।’

यसअघि माओवादी केन्द्रका उपमहासचिव मातृका यादव, कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीसहितका नेताहरूका कारण चिकित्सकहरू त्यहीँ रोकिएका थिए ।

उनीहरु समिट एयरबाट नेपालगन्ज आउने तयारीमा थिए । तर, भिआइपीको लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने समिटका स्टेसन म्यानेजर महेन्द्र भामले बताएपछि समूहमा रहेका सबै चिकित्सक आउन नमानेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरूदण्डसम्बन्धी गोष्ठी र अन्तरक्रियाका लागि चिकित्सकको टोली गत शुक्रबार जुम्ला गएको थियो । उनीहरुले दुई हप्ताअघि नै आउनजाने (टु वे) को टिकट काटेका थिए । टोलीमा डा विमल पाण्डे, डा व्यापक पौडेल, डा सुरज बज्रचार्य, डा गौरव ढकाललगायत छन् ।

प्रतिक्रिया दिनुहोस्