काठमाडौं । नेपालले आगमी महिना हुने आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोट अघि तीन देश सम्मिलित त्रिकोणात्मक टि२० आई सिरिज आयोजना गर्ने भएको छ ।
चतुरबहादुर चन्द तेस्रो पटक अध्यक्ष र पारस खड्का सचिव पदमा निर्वाचित भएर आएसँगै पहिलो बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल, युएई र हङकङबीच असोज ३० देखि कार्तिक ९ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना हुने भएको छ । नेपालले विश्वकप छनोट अघि उक्त तयारी गर्न लागेको हो ।
त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनको आधारमा हुनेछ । अर्थात सबै टोलीले एक अर्कासँग समान दुई खेल खेल्नेछन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल टियु क्रिकेट मैदानमा हुनेछ । अन्य सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।
नेपालले तेस्रो पटक टि२० आई त्रिकोणात्मक सिरिज आयोजना गरेको हो । यसअघि २०२१ मा नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टि२० आई सिरिज भएको थियो ।
२०२२ मा नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टि२० आई सिरिज भएको थियो । यसअघिका दुबै त्रिकोणात्मक सिरिजको उपाधि नेपालले जितेको थियो ।