Logo
Logo

एमालेको कर्णाली प्रदेश अधिवेशन आजदेखि


441
Shares

काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन आजदेखि सुरू हुँदैछ। सुर्खेतस्थित सिटी हलमा हुने प्रथम अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे उद्घाटन गर्ने छन्।

अधिवेशनमा महासचिव शंकर पोखरेल पनि अतिथिको रूपमा सहभागी हुनेछन्। कर्णाली प्रदेश अधिवेशनमा ६०४ जना प्रतिनिधि सहभागी हुने छन्।

तीमध्ये २२ वटा मोर्चा संगठनबाट ५० जना प्रतिनिधि रहने प्रदेश अध्यक्ष शाहले बताए । अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूमध्ये १९५ जना महिला छन्।

यसभित्र समावेशी रूपमा एक सय ११ जना दलित प्रतिनिधि रहेका छन्। भोली (असोज ११ गते)अधिवेशनको बन्द सत्र हुनेछ। बन्द सत्रबाट पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नेछ। अधिवेशनबाट ५ जना पदाधिकारीसहित १३५ सदस्यीय प्रदेश कमिटी बन्नेछ।

प्रतिक्रिया दिनुहोस्