Logo
Logo

बारामा गोली हानेर साथीको हत्या


4k
Shares

काठमाडौं । बाराको पचरौता नगरपालिका ६ लक्ष्मिनियामा गोली हानी एक भारतीय युवकको हत्या भएको छ । लक्ष्मिनियामा रहेको पोखरी नजिक भारतको मोतिहारी जिल्ला दर्पा थाना सुक्लहिया गाँउ बस्ने २२ वर्षीय अजितकुमार सिंहको गोली प्रहार गरी हत्या भएको हो ।

नेपाल भारत सीमाभन्दा करिब सात सय मिटर भित्र मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतक सिंह अन्य तीन जना साथीहरुसँग मोटरसाइकल चढेर नेपाल प्रवेश गरेका थिए ।

मोटरसाइकलमा आइरहेका बेला साथीले नै पछाडिबाट गोली प्रहार गरेका थिए । घटना लगतै चारैजना युवक मोटरसाइकलमै चढेर फरार भएको बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेले बताए । उनका अनुसार घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद भएको छ ।

मृतक अजितको शव पोष्टमार्टमको लागि नारायणी अस्पताल विरगञ्ज पठाईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्