Logo
Logo

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै


441
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । मंगलबारदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।

दिउँसो १ बजेबाट सुरु हुने बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुने कांग्रेसले जनाएको छ । मंगलबारको बैठकमा कांग्रेस नेताहरुले विधेयक संशोधन गरी शिक्षकहरुका माग सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

संसदमा विचाराधि रहेको विधेयकविरुद्ध असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । असोज ५ गते सरकारसँग लिखित सहमति गरेर शिक्षक महासंघ घर फर्किएको छ भने राहत शिक्षकहरुले अझै पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्