
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ घटेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुन प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भएको छ । चाँदी मंगलबारको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेर कारोबार भएको हो । मंगलबार चाँदी प्रतितोला एक हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।












