काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बित भएका छन् ।
मणिपाल शिक्षण अस्पतालमा उपचाररत लमजुङकी एक महिलको मृत्यु भएपछि सुरु भएको विवादमा सुरक्षाका लागि खटिएका इन्स्पेक्टर श्रेष्ठले चिकित्सक र मृतकका आफन्तबीच ‘डाक्टर कुटेर आएँ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

इन्स्पेक्टर श्रेष्ठले पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुगेर ‘चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हाने’ भनेको भिडियो मंगलबार सामाजिक सञ्जालमा आएको थियो ।
साथै, उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख प्रहरी नायब उपरीक्षक वेद जोशी पनि केन्द्रमा तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।














